
दाङ : दाङमा बुधवार ५ जना कोरोजा संक्रिमित थपिएका छन । बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको स्वाब परिक्षणबाट बंगलाचुली गाउँपालिका वडा नं ७, ६, का दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु १७ वर्ष र २२ वर्षका रहेका छन । उनीहरु सरस्वती मावि जवरकोट र सुधामावि झेलनेटा क्वारेनटाइनमा बसेकाहरु हुन ।
त्यसै गरेर राजपुर गाउँपालिकाका वडा नं ५ र १ का तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । वडा नं ५का १९ वर्षिय एक महिला र वडा नं १ का १९ वर्षिय महिला र २७ वर्षिय महिलामा कोरोना पुष्टि भएको हो ।
उनीहरु तीनैजना राजपुर गाउँपालिकाले सञ्चालन गरेको साधारण मावि सालभौरा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु हुन । बुधवार कोरोना पुष्टी हुनेमा ३ जना महिला र २ जना पुरुष रहेका छन । बुधवार देखिएका संक्रमितहरु सबै भारतबाट आएका थिए । यो सहित दाङमा संक्रमितहरुको सख्या ५६ पुगेको छ । त्य
सैगरी प्युठान जिल्लाका दुईजनामा कोरोना संक्रमण देखिएको छ । बंगलाचुली गाउँपालिकाको कवारेन्टाइनमा बसेका दुइजनामा कोरोना संक्रमण देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा प्युठानका दुई जनामा कोरोना संक्रमण देखिएको हो । प्युठानको मान्डबी गाउँपालिका वडा न।१का १२ वर्षिय र वडा नं २ का २० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
दाङमा पछिल्लो समय कोरोना संक्रमितहरुको सख्या दैनिक बढिरहेको छ । केहि दिन देखि संक्रमितको सख्या बढ्दै गए पछि यसको व्यवस्थापनमा समेत समस्या हुने देखिएको छ ।