• २०७७ फाल्गुन २२ गते शनिवार

नगरसभामा स्वास्थ्य सुरक्षाको बेवास्ता

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २८ गते बुधवार


दाङ : तुलसीपुर उपमहानगरपालिकाको छैठौं नगर सभा बुधबार बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा शुरु भएको नगरसभामा कोरोना भाईरस संक्रमणको सर्तकता नपनाईएको भन्दै जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । मास्क र सेनिटाईजरको भरमा नगरसभा शुरु गरिएको वडा नम्वर ५ का सदस्य सुरेश कुमार श्रेष्ठले गुनासो गरे ।

‘ नगरसभा सम्पन्न गर्नुपर्छ, तर स्वास्थ्य सुरक्षा सर्तकता तर्फ उपमहानगरपालिकाको नगरसभामा तयारी भएको देखिएन,’ उनले भने,‘ कोरोना भाईरसको संक्रमणबाट बँच्न र बचाँउन सबै भन्दा मह्त्वपूर्ण भनेकै सामाजिक दुरी कायम गर्नु हो,त्यसलाई पूर्णरुपमा बेवास्ता गरिए थियो । ’ असुरक्षित महसुस भयो, धेरै समय नगरसभामा भाग लिन सक्ने अवस्था नभएपछि आफु बाहिरीएको वडा सदस्य श्रेष्ठले बताए ।

संघीय संसद, प्रदेश सभा लगाएत देशका बिभिन्न कार्यक्रममा सामाजिक दुरीलाई कायम गरी सभा,सम्मेलन र बैठक सम्पन्न भएका खबर सार्वजनिक भईरहदा संबेदनशील समय र संबदेनशील स्थानमा सामाजिक दुरीलाई ध्यान नदिनु कस्तो लपारर्बाही भएको उनको भनाई छ । बुधबारको नगरसभामा लेखा समितिका संयोजक राजु आचार्यले महालेखा परिक्षणको प्रतिबेदन प्रस्तुत र छलफल र पारितका लागि प्रस्तुत गरेका थिए ।

त्यस्तै,बिधायन समितिका संयोजक देवराज बिश्वकर्माले बिधायन समितिको प्रतिबेदन,वातावरण समितिका संयोजक नवराज लामिछानेले वन तथा वातावरण र विपद् समितिको प्रतिबेदन,योजना तर्जुमा समितिका संयोजक माया आचार्यले आर्थिक बर्ष २०७७÷७८को योजना तर्जुमा सम्बन्धि मार्ग दर्शन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार