प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २८ गते बुधवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

त्यस्तै लकडाउनको  निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ। आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार