
दाङ, दाङमा प्रहरीले एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका ५ सलौराका २४ बर्षीय हेमराज केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
केसीले आइतवार राती करिब ९ बजेतिर सोही ठाउँकी ४५ बर्षीया महिलालाई घर नजिकै बलात्कारको प्रयास गरेका थिए । पिडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले ओरापीलाई उनकै घरबाट पक्राउ गरेको होे ।
पक्राउ परेका युवक विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट दिन १० म्यादथप भई थप अनुसन्धान भई रहेको ईप्रका तुलसीपुरका प्रबक्ता एंव प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।