• २०७७ मङ्सिर ११ गते बिहिवार

बर्दियाका ४ जना कोरोना संक्रमित डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २७ गते मङ्गलवार


दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट फेरी ४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बर्दियाका ४ जना रहेको अस्पातलले जनाएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई मंगलवार बेलुका ६ बजेतिर डिस्चार्ज गरेको अस्पतालका सदस्य सचिब डा. सर्बेश शर्माले बताए । उनीहरु अस्पतालमा १४ दिन बसेका थिए ।

अहिले अस्पतालमा ४४ जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यो संगै अस्पतालबाट २५ जना डिस्र्चाज भएका छन् । त्यसैगरी आज विहान रुपन्देहीका ३ जना पनि डिस्चार्ज भएका थिए । उनीहरुलाई पनि स्वास्थ्य निर्देशिका अनुसार डिस्र्चाज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार