• २०७७ फाल्गुन २२ गते शनिवार

राप्ती ड्रिङकिंङ वाटर प्रालि दियो पत्रकार ‘प्रेस ज्याकेट’

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २६ गते सोमवार


तुलसीपुर : राप्ती ड्रिङकिंङ वाटर प्रालिले नेपाल पत्रकार महासंघ दाङलाई ‘प्रेस ज्याकेट’ दिएको छ ।
पत्रकार गणेश आचार्यको समन्वयमा राप्ती ड्रिङकिंङ वाटर प्रालिका संचालक खेमराज वलीले पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलाई ५० वटा प्रेस ज्याकेट आज एक समारोहका बीच हस्तान्तरण गरे ।

ज्याकेट हस्तान्तरण समारोहमा बोल्दै राप्ती ड्रिङकिंङ वाटर प्रालिका संचालक वलीले कोरोना भाइस बारे सूचना संकलन गर्न खटिने पत्रकारलाई पहिचानकालागि सहज होस् भनेर प्रेस ज्याकेट दिएको बताए ।
त्यसैगरी पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले महासंघलाई ज्याकेट दिएकोमा प्रालिलाई धन्यवाद ज्ञापन गरे । प्रालिले दिएका प्रेस ज्याकेट तुलसीपुर,घोराही र हापुरेमा कार्यरत पत्रकारलाई सोमबार हस्तान्तरण गरिएको छ ।

प्रालिले तुलसीपुरको राम्रीमा उद्योग स्थापनागरी पिउने पानी बिक्रि बिरतण गर्दै आएको छ ।
सो अवसरमा महासंघले पत्रकारलाई मास्क समेत बितरण गरेको थियो । कार्यक्रमको सहजीकरण महासंघका सहसचिव गोकर्ण पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार