• २०७७ कार्तिक ६ गते बिहिवार

मालपोत कार्यालय आन्तरिक कामकाजको लागी मात्र खुलेका हुन् : तुलसीपुरका प्रमुख खड्का (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २५ गते आइतवार

दाङ : आइतवारदेखि देशभरका मालपोत कार्यालयहरू खुलेका छन् । तर सेवाग्राहीको कामको लागी नभई कार्यालयको आन्तरिक कामकाजको लागी कार्यालयहरु खुलेका हुन् । लकडाउनका कारण ११ चैतदेखि बन्द भएका मालपोत कार्यालय साढे दुई महीना पछि आइतवारदेखी कार्यालय खुलेपछि धेरै सेवाग्राहीलाई आशा थियो, सेवा पाईन्छ, भने तर कार्यालयहरुले भने सेवाग्राहीहरुलाई सेवा दिनको लागी नखुलेको जनाएको छन् ।

तुलसीपुर ७ बम्नैका चुमानसिंह केसीले आइतवार कार्यालय खुल्ने थाहाँ पाएपछि सेवा लिएको आएको भएता पनि आन्तरिक सेवाको लागी खुलेकाले सेवा नपाएको बताए। नक्सा निकाल्न र घडरी पास गरिदिन आएको उनले बताए । त्यसैगरी लेखापढि काननु ब्यवसायी सुरेश रिजालले आजदेखी खुलेको कार्यालयमा सेवाको बारेमा थाहाँ नपाएका सेवाग्राहीहरु आएर फर्किने गरेको उनले बताए ।

उनले राज्यले सामाजिक दुरी कायम गरी आम नागरिकहरुलाई सेवा दिन ब्यवस्था मिलाउनु पर्ने बताए । सरकारको राजश्व संकलन हुने कार्यालयहरु मध्य मालपोत पनि एक भएको र जनताको प्रत्यक्ष दैनिकीसंग जोडिएको मोलपोत कार्यालय भएकाले सरकारले बैंकहरुलाई जस्तो मालपोत कार्यालयहरुमा पनि सामाजिक दुरी कायम गरी सेवा दि ब्यवस्था मिलाउँनु पर्ने नेपाल लेखापढि कानुन ब्यवसायी तुलसीपुरका अध्यक्ष हरिलाल पौडेले बताए ।

‘ सरकारले कार्यालयहरुलाई गरेको परिपत्रका दुविधा भएको छ,’ उनले भने ,‘ कार्यालयको आन्तरिक काम गर्ने भनेर आएको छ, त्यो काम सधै भईरहेको हुन्छ । ७६ दिनको लकडाउन पछि आन्तरिक काम गर्न कार्यालय खोल्न आवश्यक छैन् । ’

यता मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले विभागले शुक्रवारबार कार्यालयलाई परिपत्र गर्दै अन्य अत्यावश्यक लगाएत आन्तरिक कामहरु गर्ने भनि आएपछि त्यहि अनुसार काम गर्ने उनले बताए । कार्यालयको आन्तरिक ब्यवस्थापन, आर्थिक ब्यवस्थापन, न्युनतम मुल्याङकन जस्तामा काम गर्ने उनको भनाई छ । त्यसैगरी अड्डा अदालतबाट प्राप्त भएका चिठ्ठीको जबाफ दिनको लागी कार्यालय संचालन गर्न पत्र आएको उनले बताए ।

त्यसैगरी आफुहरुले कार्यालय खुलेपछि सेवाग्राहीहरुले सेवा पाईन्छ, भन्दै आउन सक्ने भएकाले अहिले सेवा शुरु नभएको भनि सुचना प्रवाह गरिसकेको समेत प्रमुख खड्काले बताए । ‘ अस्पताल जस्तो ठाउँमा त सामाजिक सुरक्षा अपनाएर सेवा दिनलाई समस्या भएको पाईन्छ,’उनले भने,‘तर मालपोतमा कुनै पनि सामाजिक सुरक्षाको ब्यवस्था नभएको र सेवाग्राहीको अत्याधिक भिडभाड हुन्छ ।

त्यसैले अहिले सेवा दिन समस्या हुन्छ ।’ कार्यालयले लकडाउनको बेलादेखी नै आन्तरिक काम गर्दै आएको बताउँदै उनले सेनिटाईजर, मास्क प्रयोग गरेर काम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार