
दाङ : दाङमा रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट दाङ सहित अन्य जिल्लाका ५ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । ५ जनामा कोरोना रिर्पाेट पोजेटिभ आएको भएता पनि केही लक्षण नदेदिएपछि उनीहरुलाई घर पठाईएको छ । दाङका २ जना, बाँकेका ५ जना, कपिलबस्तुका २ जना, र बर्दियाका १ जनालाई डिस्चार्ज गरिएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए ।
दाङका २ मध्य घोराहीका १ जना र गढवाका १ जना रहेका छन् । डिस्चार्ज भएका मध्य केहीको कोरोना रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो, भने केही भने लक्षण नै नभएपछि डिस्चार्ज गरिएको उनले बताए ।
उनका अनुसार उनीहरु लाई राखेको २०÷२२ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो । दाङका १ जना, बाँकेका २, कपिलबस्तुका १ र बर्दियाका १ जनाको तेस्रो रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिएको हो ।
भने अन्य ५ जनाको लक्ष्ण नभएपछि डिस्चार्ज गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने भनि उल्लेख छ ।
सोही अनुसार मन्त्रालयले गरेको परिपत्रका आधारमा उनीहरुलाई डिस्चार्ज गरिएको ब्यवस्थापक वलीले बताए । अब अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।