• २०७७ कार्तिक १३ गते बिहिवार

दाङमा १७ सय ६९ जनाको स्वाब परिक्षणको क्रममा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २४ गते शनिवार


दाङ : दाङमा दिनप्रतिदिन भारत तथा नेपालका विभिन्न जिल्लाबाट आउने क्रम बढ्दो छ । उनीहरुलाई सिधै घर जान नदिएर स्थानियतहरुले कोरोना भए नभएको पुष्टि नहुदाँ सम्म क्वारेन्टाइन्मा राख्ने ब्यवस्था गरेका छन् ।

जिल्लामा शनिवार सम्म ५ हजार ९१६ जनालाई राखिएको छ । जिल्लामा अहिले सम्म १८७ वटा क्वारेन्टाईनहरु संख्या रहेकोमा ८ हजार ६४८ बेड रहेको जनस्वास्थय कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

तुलसीपुरमा ७०३ जना, राजपुर गाउँपालिकामा १११, राप्ती गाउँपालिकामा ८३९, शान्तिनगरमा १४६ , घोराहीमा १७ सय ३१ बंगलाचुलीमा ७ सय ६८ गढवामा ४६५, बबईमा ५१०, लमहीमा ५५१, दंगीशरणमा ९२ जना क्वारेन्टाइनमा रहेको फोकल पर्सन चन्दले बताए ।

त्यसैगरी शनिवार सम्म जिल्लामा कोरोना परिक्षण गर्नको लागी ४३ सय ६८ जनाको स्वाब संकलन गरिएकामा २५ सय ९९ जनाको पिसीआर विधीबाट परिक्षण गर्दा ७४ जनाको कोरोना पुष्टि भएको छ, भने २५ सय २५ जनालाई नेगेटिभ देखिएको समेत उनले बताए ।

त्यसैगरी १७ सय ६९ जनाको स्वाब परिक्षणको क्रममा रहेको उनको भनाई छ । त्यसैगरी जिल्लामा आरडिटीबाट शनिवार सम्म १४ सय ७३ जनाको चेकजाँच गर्दा ३१ जनामा पोजेटिभ देखिएको र १४ सय ४२ जनाका नगेटिभ देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार