• २०७७ फाल्गुन १९ गते बुधवार

तुलसीपुरका बैंक तथा वित्तिय संस्थामा अनिवार्य रुपमा सामाजिक दुरी पालना गर्नुपर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २४ गते शनिवार

तुलसीपुर, ईलाका प्रहरी कार्यालय तुलसीपुरले बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको बढि भिडभाड हुने भएकोले सामाजिक दुरी कायम गर्न चिन्ह बनाएको छ । तुलसीपुर बजारक्षेत्रका बैंकहरुमा शनिवार उक्त चिन्ह बनाएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

आईतबारदेखि बैंक तथा बित्तिय संस्थाहरुमा सेवाग्राहीलाई अनिबार्य रुपमा सामाजिक दुरीको पालना गराउन यस्तो बनाएको ईप्रका तुलसीपुरका प्रमुख एंव डिएसपी शिब बहादुर सिहले बताए । शनिबार दिनभर कार्यालय प्रमुख सिहको नेतृत्वमा बैंकहरुमा देखिने भिडभाड ब्यबस्थित गर्न उक्त चिन्ह बनाएको हो ।

त्यसैगरी डिएसपी सिहले आइतवार ३ बजे देखि सर्बसाधारणहरुलाई अनाबश्यक हिडडुल नगर्न आग्रह गरेका छन् । अस्पताल जस्तो अति आबश्यक ठाउँमा जाने बाहेक अन्य बिनाकारण हिडडुल गर्न रोक लगाईने उनले बताए । आईतवारदेखी हप्ताको ६ दिन तुलसीपुर क्षेत्रका बैंक तथा बित्तिय संस्थाहरु खुल्ने भएका छन् ।

विहान १० बजेदेखी २ बजे सम्म हप्ताको ६ दिन खुल्ने निर्णय भएको तुलसीपुर उपमहानगरका विपद ब्यवस्थापन समितीका संयोजक नवराज लामिछानेले बताए । अब हप्ताकोको ६ दिन विहान १० बजेदेखी २ बजे सम्म बैंक तथा बित्तिय संस्थाहरु खुल्ने र ति कार्यालयमा कार्यरत कर्मचारीहरुले विहान ९ बजेदेखी दिउँसो ३ बजे सम्म पहिना खुल्ने परिचयपत्र भएमा आवत जावत गर्न दिने निर्णय भएको उनले बताए ।

यस अघि हप्ताको ३ दिन सम्म बैंक तथा वित्तिय संस्थाहरु खुल्दै आएका थिए । जसले गर्दा बैंकहरुमा सेवाग्राहीको अत्याधिक भिड्भाड हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार