• २०७७ फाल्गुन २२ गते शनिवार

कैदिबन्दीका परिवारलाई राहत दिदै महतरा दम्पती

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २४ गते शनिवार


दाङ : विगत लामो समयदेखी कैदिबन्दीका परिवारलाई सहयोग गर्दै आएको पिडित सेवा संघले लकडाउनका कारण समस्यामा परेका दाङ लगाएत अन्य जिल्लाका कैदिबन्दीका परिवारलाई राहत सहयोग गरेको छ ।

दाङको तुलसीपुरमा ३२, लमहीमा १ र घोराहीमा २, रोल्पामा २, रुकुममा २, सल्यानमा ३ गरी जम्मा ४२ घरपरिवारलाई राहत दिने संघका जिल्ला संयोजक टोप बहादुर महतराले बताए । लकडाउनका कारण उनीहरुलाई दैनिकी चचाउन समस्या हुने भएकाले सहयोग गरेको उनको भनाई छ । संघले अहिले ति कैदिबन्दीका छोराछोरीहरुलाई पढाउँदै आएको र उनीहरुको संख्याको आधारमा राहत दिने गरेको संयोजक महतराले बताए ।

‘ बन्दाबन्दीका कारण मुलुक नै समस्यामा परेको छ,’ उनले भने ,‘ त्यसमा पनि कैदिबन्दीका परिवारहरु झन् समस्यामा छन्, घरमा कमाउँने मान्छे विभिन्न कारणले कारागारमा छन्, उनीहरुको परिवारलाई दैनिकी चलाउन समस्या छ, त्यसैले संघले राहत दिएको हो । ’ घरमा एक जना विद्यार्थी छ, भने ३ हजार, २ भए, ५५ सय र ३ जना भए ८ हजार नगद दिने र त्यहि पैसाले उननीहरुलाई खाद्यान्न किनेर दिने उनले बताए ।

संघले अहिले ५७ जना बालबालिकाहरुलाई पढाउँने जिम्मा लिएको छ । कक्षा १० सम्म संघले पढाउने जिम्मा लिएको समेत संयोजक महतराले बताए । त्यसैगरी संघले कैदी जीवन बिताइरहेका तुलसीपुर १९ छिल्लीकोटका धनबहादुर पुनका परिवारलाई बाख्रा वितरण गरेको छ । पुन परिवारलाई जीविकोपार्जनमा सहज बनाउने उद्देश्यका साथ ३ वटा बाख्रा वितरण गरेको महतराले बताए ।

संयोजक महतारा र स्वंयसेवक गिता महताराले शुक्रबार घरमै पुगेर १६ हजार मुल्यका बाख्रा र ५० किलो चामल वितरण गरेका हुन् । बाख्रापालन मार्फत उनीहरुलाई परिवारलाई स्वरोजगार बनाउने विश्वास गरिएको उनले बताए । पुन परिवारलाई संघले यसअघि घरमा सोलर पनि सहयोग गरिसकेको महतराले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार