• २०७७ मङ्सिर ११ गते बिहिवार

क्वारेन्टिनहरुमा बस्नेहरुका लागि ब्यक्तिगत सरसफाईका सामाग्री

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २२ गते बिहिवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ :
क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले राप्ती गाउँपालिकालाई ब्यक्तिगत सरसफाईका सामाग्री उपलब्ध गराएको छ ।
कोभिड १९ को कारण राप्ती गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनहरुमा बस्नेहरुका लागि सो सामाग्री उपलब्ध गराईएको हो ।


राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई सामाग्री हस्तान्तरण गर्दै क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरकी विद्यार्थी संयोजक दिपा चौधरीले गाउँपालिकाले सञ्चालन गर्दै आएको कोरना संक्रमण रोकथामका प्रयासहरुमा साथका लागि सामाग्री उपलब्ध गराईएको बताईन् ।


गढवा गाउँपालिकाको चैनपुरमा कार्यालय रहेको क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिका लाई ६ सय पीस लुगाधुने सावुन र ६ सय पीस नुहाउने सावुन, २ हजार पत्ता स्याम्पु, २५ सय खानाखाने टपरि, पीपी फर्म ५५ मिटर, सेनेटरी प्याड १२० पीस, प्लास्टिक बाटा २० पीस, प्लास्टिक गुन्द्री २५ पीस, प्लास्टिक मग २० पीस र ५०० लिटर प्लास्टिक पानी टंकी प्रदान गरेको छ ।


बुधवार सम्म करिव ८ सय वढि नागरिक क्वारेन्टिनमा बस्दै रहेको अवस्थामा क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकाको कोरना संक्रमण रोकथामका प्रयासहरुमा साथ र सहयोग गरेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले धन्यवाद प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार