• २०७७ मङ्सिर ११ गते बिहिवार

बंंगलाचुली वडा नं ५ सिल

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २० गते मङ्गलवार


दाङ : दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष सहित ५ जनामा मंगलवार कोरोना पुष्टि भएपछि उक्त वडालाई सिल गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परीक्षण गर्दा ५४ बर्षीय वडाध्यक्ष, सुधा मावि झेल्नेटामा क्वारेन्टाइनमा बसेका १९, २७, ३१, ३२ पुरुषमा कोरोना देखिएको हो ।

५ जनामा कोरोना पुष्टि भएपछि उक्त क्षेत्र उच्च जोखिम रहेको अवस्थामा वडा नम्बर ५ लाई सिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले जानकारी दिए ।

मंगलवार राती १२ बजेदेखी अर्काे सुचना नआउँदा सम्म सिल गरिएको समेत उनले जानकारी दिए । साथै यस अवधीमा तोकिएको क्षेत्रमा अति आवश्यक काम बाहेका घर बाहिर ननिस्कन र आवत जावत नगर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

वडाध्यक्ष भारतबाट आएकाहरुको उद्धार र व्यवस्थापनमा खटिएका थिए । त्यस्तै बंगलाचुलीकै वडा नम्बर ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार