दाङमा डेंगु देखिएका कोरोना संक्रमितलाई बुटवल रिफर

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २० गते मङ्गलवार


दाङ : दाङका एकजना कोरोना संक्रमितलाई बुटवल रिफर गरिएको छ । जेठ १८ गते तुलसीपुर १७ बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचार गर्दा डेंगु पुष्टि भएपछि बबई गाउँपालिका ६ का ३० बर्षीय पुरुषलाई मंगलवार १२ बजे तिर बुटवल धागो कोरोना विषेश अस्पतालमा रेफर गरिएको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले बताए ।

कोरोना संक्रमति भएका ति ब्यक्तिलाई डेंगु देखिएपछि ज्वरो बढ्दै जादाँ थप उपचारको लागी बुटवल रिफर गरिएको उनले बताए । ‘ बेलझुण्डीको कोरोना विशेष अस्पातल लेबन ‘१’ हो, ’ उनले भने े,’ त्यसपछि बुटवलको कोरोना विशेष अस्पातल लेबल ‘२ ’ हो र नेपालगञ्गको लेबल ‘३’ हो । हामीले एक दिन उपचार गरेर हे¥र्यौ, तर राती ज्वरो एकसय दुई / तिन डिग्री आउने भएकाले पठाएको हौँ ।’

त्यसैगरी अहिले दाङ लगाएत अन्य जिल्लाका ५० जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ । ५० जना सम्म राख्न मिल्ने क्षमता भएको अस्पतालमा यो भन्दा बढि कोरोना संक्रमितहरुलाई राख्न नसकिने समेत डा. शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार