• २०७७ फाल्गुन १२ गते बुधवार

रुपन्देहीमा २९ संक्रमित निको भएर घर फर्किए

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १९ गते सोमवार

बुटवल : रुपन्देहीका दुई कोरोना अस्पतालबाट दुई दिनमा २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।  बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालबाट ४ जना र भैरहवास्थित भिम अस्पतालबाट २५ जना संक्रमित निको भएर डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए। डिस्चार्ज हुनेमा एक जना ४ बर्षीय बालिका समेत रहेको उनले जनाए। 

भीम अस्पतालका अनुसार सोमबार डिस्चार्ज हुनेमा एक भारतिय नागरिकसहित रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४, सिद्धार्थनगर नगरपालिकाका १, कोटहीमाई गाउँपालिकाका १, कपिलवस्तुुका ५ र नवलपरासीका ३ जना रहेका छन्।  उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन्।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये कसैलाई पनि गम्भीर लक्षण नदेखिएको बताए।  
डिस्चार्ज गरिएपछि संक्रमण मुक्त भएकाहरुले केहीबेर अस्पताल परिसरमा नाचेर खुशी व्यक्त गरेका थिए। उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार