बाँके दुर्घटनामा घाइते भएका सबैको परिचय खुल्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १९ गते सोमवार


बाँके : बाँकेमा भएको सवारी दुर्घटनामा परि घाइते २१ जनाको परिचय खुलेको छ । घाईते हुनेहरुमा दाङ घोराही ४ धर्नाका ४५ बर्षीय मेगराज केसी, दाङ तुलसीपुर २ खैरीपुरका ३९ बर्षीय विष्णु गिरी सोही ठाउँका २३ बर्षीय रुपलाल केसी, दाङ राजपुर गाउँपालिका ६ का २० बर्षीय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ बर्षीय जीवन घर्ती, दाङ गढवा गाउँपालिका ६ मानपुरका २० बर्षीय भरत थापा, त्यसैगरी रोल्पा त्रिवेणी गाउँपालिका ७ तिलाका १७ बर्षीय सुनिल परियार, सोही ठाउँका २० बर्षीय विरेन्द्र परियार, १८ बर्षीय पुरण पुन, रोल्पा कुरेलीका ५२ बर्षीय नरबहादुर विक, सल्यान शारदा नगरपालिका ६ कजेरीका २६ बर्षीया टीका चलाउने, कुपिन्डे गाउँपालिका ६ का २० बर्षीय मिनराज विक, सिद्धकुमाख गाउँपालिका ५ का ४० बर्षका तेजबहादुर बुढाथोकी, छापडाँडा निबासी १८ बर्षीय घनबहादुर बोहरा, सिद्धकुमाख ४ चाँदेका २८ बर्षीय लोकेश घर्ती, सोही ठाउँका २६ बर्षीय शिव भण्डारी, १८ बर्षीय देवेन्द्र खड्का, १७ बर्षीय ज्ञानबहादुुर बोहोरा, २६ बर्षीय निमबहादुर वली, कुपेन्डे ६ का ५२ बर्षीय दिपबहादुर बुढा, ४० बर्षीय दिलबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार