दाङमा एक जना कोरोना संक्रमित ब्यक्तिमा डेंगु भेटियो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १८ गते आइतवार


दाङ : दाङको बबई गाउँपालिकाका एकजना कोरोना संक्रमित व्यक्तिमा डेंगु भेटिएको छ । दाङको बेलझुण्डीमा रहेको कोरोना विषेश अस्पतालको आइसोलसनमा रहेका बबई गाउँपालिका ६ का ३० बर्षीय पुरुषमा आइतवार चेकजाँच गर्दा डेंगु भेटिएको अस्पतालका ब्यवस्थापक द्रोर्ण वलीले बताए ।

ती व्यक्तिमा ज्वरो आएपछि रगत र पिसाव चेकजाँच गर्दा लामखुट्टेको टोकाई बाट हुने डेँगु फेला परेको उनले बताए । ती व्यक्तिमा जेठ १६ गते कोरोना पुष्टि भएपछि अस्पतालमा सोही दिन ल्याइएको अस्पतालले जनाएको छ । १ हप्ता अगाडि भारतवाट आएका ती व्यक्ति बबई गाउँपालिकाको क्वारेन्टाइमा बसेका थिए ।

कोरोना संक्रमितलाई ब्यक्तिलाई डेँगु फेला परेपछि सोही अनुसार उपचार थालिएको वलीले बताए । यो नै जिल्लामा यो वर्ष फेला परेको डेँगुको पहिलो केस हो । त्यसैगरी अहिले अस्पातलमा ४२ जनाको उपचार भईरेहको समेत उनले बताए । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको वलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार