
दाङ : पछिल्लो समय दाङमा भारतबाट अलपत्र परेकाहरुको आउन थालेपछि यहाँका सबै स्थानियतहरुले क्वारेन्टाईनको संख्या बढाएका छन् । दाङमा शनिवार सम्म ४५ सय १५ जनालाइ क्वारेन्टाइमा राखिएको छ । जिल्लामा अहिले सम्म १४७ वटा क्वारेन्टाईनहरु संख्या रहेकोमा ६ हजार ३९७ बेड रहेका छन् ।
त्यसैगरी दाङको शान्तिनगर गाउँपालिकाले क्वारेन्टाईन मात्र नभई जिल्लामा पहिलो पटक स्थानियतहले कोरोना संक्रमित विरामीको उपचारको लागी आईसोलेसन केन्द्रको स्थापना गरेको छ । अहिले गाउँपालिकामा भारतबाट करिब साढे ४ सय आउने आंकल गरिएको छ । शान्तिनगर २ को जनकल्यान मा.वि सिमसुन्दपुरमा पहिलो चरणमा १० बेडको आईसोलेसन स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका ७ वटै वडामाहरु २० बेडको क्वारेन्टाईन र एक सय बेडको आईसोलेसन बनाउने निर्णय भएसंगै पहिलो चरणमा १० बेडको बनाएको र बाँकी ९० बेडको तयारी गर्दै गरेको वडा नं.२ का वडाध्यक्ष फर्साराम डाँगीले बताए ।
जिल्लामा अहिले सम्म कोरोना विशेष अस्पताल र अन्य अस्पतालमा गरी १६६ बेडको आईसोलेसन रहेको छ । तर गाउँपालिकामा आईसोलेसन केन्द्र स्थापना गरेको भएता पनि अहिले सम्म गाउँपालिकामा डाक्टर नभएको गाउँपालिका स्वाथ्य प्रमुख हरि पुनले बताए ।
हामीले सरकारी मापदण्ड अनुसार नै आईसोलेसन बनाउन लागेको छौँ,‘ उनले भने ,‘ डाक्टरको लागी प्रदेश सरकार र जिल्लामा रहेको कोरोनाको आपत समिती –सिसीएसी)मा पनि जानकारी गराएको र त्यहाँबाट ब्यवस्थापन गर्ने भन्ने आश्वसन आएको छ ।’
अहिले गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीहरुले नै काम गर्दै आएको समेत उनले बताए । त्यसैगरी गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाईन मापदण्ड अनुसार नै भएको उनले बताए । क्वारेन्टाइनमा २ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र २ जना सहयोगीको ब्यवस्था गरेको समेत स्वास्थ्य प्रमुख पुनले बताए ।
क्वारेन्टाईनमा एउटा कोठामा ५ जना राख्ने गरेको र दैनिक खाना र खाजा गरी ४ पटक खुवाउने गरेको समेत उनले बताए । शान्तिनगर गाउँपालिकाले गत बैशाख २ गतेदेखी शान्तिनगर ३ को बयालेमा रहेको विद्यालयमा १० बेडबाट स्थापना गरेको भएता पनि अहिले पालिकास्तयरी ४० बेड क्वारेन्टाइन रहेको र अबको एक÷दुई दिनमा प्रत्यक वडाहरुमा २० बेडको निर्माण हुने समेत उनले बताए ।
यता गाउँपालिकाको एम्बुलेन्स चलाउने चाकल मनोज रावतले भने गाउँपालिकाको स्वास्थ्य शाखाबाट सुरक्षा सामाग्री सबै पाएको भएता पनि घरपरिवारमा आफुलाई शंका गर्ने गरेको बताए । ‘घरपरिवारले घरमै नआईज भन्नु हुन्छ,’ उनले भने,‘ अहिले घरमा पनि त्यति गईदैन्, आफ्नो ज्यानको जोमिख भएपनि सेवामा खटिएको छु ।