जेठ १७
आजभोलि लाग्छ परिवर्तनको पालो आएको छ। परिवर्तनले लाग्छ सारा संसारमा चक्कर मारिराछ । संसारको एक देश वा कुनै ठाउँ होइन सारा का सारा संसार परिवर्तन भएको छ। यहाँ हरेक मानिसको जिवनशैलि फरक भएको छ। हिजो विहानै जीवन संघर्षको निम्ति दौडिरहने मानिस आज जीवन दउडबाट आराम गरिरहेको छ।
हिजो निरन्तर बाटोमा हजारौं यात्रालाई सार्थक बिन्दुमा पुराउने गाडी मोटर आज आराम मुडमा छन् । निरन्तर चलिरहने कलकारखाना आज बन्द छन्। आकाशमा उड्ने जहाज आराम मुडमा छन्। विद्यालयका घण्टि , बजारको कोलाहाल, बाटोको ट्राफिक , मन्दिरका भजन, मस्जिदको नमाज अनि गिर्जाघरका पार्थना सबै शान्त छन्, लाग्छ म नि शान्त छु। सबै परिवर्तनको कारक तत्व रहेको छ कोरोना भाईरसले सुरुमा चिनलाई शान्त बनायो , त्यसपछि युरोप अनि अमेरिका हुँदै पूरा संसार शान्त बनायो , परिवर्तन गरायो ।
आज म अनि सारा संसार परिवर्तित छौ,कोरोनाले तर यहाँ परिवर्तित छैन एक ? त्यो हो प्रकृति । यहाँ नदि बगिरहेछ, झरना झरिरहेछ अनि हावा आफ्नै रफ्तारमा छ।जंगलमा कस्तुरी आफ्नो वास्ना छर्दैछ, कोईली आफ्नो मिठो भाकामा लठ्ठ पार्दैछ, अनि मजुर आफ्नो नाचमा मस्त छ। ओहो प्रकृति आफ्नै लयमा चलिरहेछ। त्यहाँ कुनै परिवर्तनको निसाना छैन । उता चरीले पाकेको काफल चाखिसक्यो । आज वनको काफल वनकि चरीलाई भनाई यथार्थ भएको छ।
हामी लकडाउनले जिवनशैली परिवर्तन भएर बन्द छौ, घरभित्र , लाग्छ उता प्रकृति अफ्नो स्वर्ण युगमा छ। आज प्रतृतीको अङ्ग हामी प्रकृतीबाट अलग भएजस्तो भाकोछ। प्रकृति बाहिर खुसी छ,हामी भित्र कोरोनाको त्रासमा छौ । हामी र प्रकृति बिच मेल खाएन कि झै भाको छ।हामी प्रकृतिकै सृष्टि भएकाले प्रकृतिमा आएको सकारात्मक परिवर्तनको फाईदा हामीलाई पनि मिल्छ नै, त्यसैले मन खुसी पनि छ।
यो लकडाउन प्रकृतिलाई आफ्ना घाउहरु निको पार्न दिएको समय जस्तो पनि महसुस भएको छ। आशा छ, प्रकृतिको सहयोगमा हामी कोरोनालाई जित्ने छौ। प्रतृकीसंग रम्न हामी छिट्टै आउनेछौ। हामी प्रकृतीलाई परिवर्तन गर्ने क्रममा आफै परिवर्तन भयछौ। भयो अब यस्तो परिवर्तन गर्नुछैन। हामीलाई त प्रकृतिमै रम्नु छ, अनि प्रकृतिमै जीवन ब्यतित गर्नुछ
परिवर्तनका दुई पक्ष रहन्छन् , सकारात्मक अनि नकारात्मक पक्ष। महत्त्वपूर्ण यो हो कि हामी परिवर्तनको कुन पक्षसंग छौ। आज परिवर्तनको सकारात्मक पक्ष प्रकृतीसंग उभिएको महसुस भएको छ। प्रकृतिले आज जमिनमा जल जमिन मात्र सफा गरेको छैन , आकाशको ओजनतहमा बनेको घाउ पनि निको पार्दै छ।
प्रकृतिको हावा आज सुगन्धित भएको छ। आज प्रकृति मानिसले बिकासको नाममा आफुमाथि बनायेको घाउलाई मलमपट्टि गर्दैछ। हो लाग्दछ केही यता विरामि जस्तै परेको प्रकृति निको हुदैछ। प्रकृतिको रक्षाकबच मानिने ओजनतह को घाउ निको हुदैछ , अर्कोतर्फ प्रकृतिको रक्तनली जस्तै मानिने नदि(नाला सफा हुदैछन्।
आज प्रकृतिको दुरदराजमा रहेका सुन्दर दृश्य जहा कहिबाट आखामा कैद गर्न सकिने भकोछ। हो आज प्रकृति बिछट्टै खुलेको छ। उता प्रकृतिमा हुल बाधेर रम्दैछन् चराचुरुङ्गी अनि जनावरहरु।वनभरी पाक्दैछ, काफल , चोथ्रा ,खजुरी अनि एसेलुहरु ।
यता मानिस कोरोना त्रासले झन सामाजिक दुरी कायम राख्दै छुट्टिएर बस्न बाध्य छ। मानिसका आर्थिक, सामाजिक अनि शैक्षिक क्रियाकलाप ठप्प छन्। मानिसमा गरिविको रेखा कोरिदैछ अनि भोकमारीको संकेत देखिदैछ। आज मानिसको भौतिक विकासमाथि खित्का छोडेर हास्दैछ कोरोना।
लेखक : गोपाल गिरी, शिक्षक सक्सेस एकाडेमी तुलसीपुर