विकाश डाँगी
दाङ : आर्थिक बर्ष २०७७/७८ को बजेट प्रति दाङबासी खुसी भएनन् । सरकारले समय मै बजेट प्रस्तुत गरेको भएपनि विभिन्न क्षेत्रलाई समेट्न नसकेको गुनोसा उनीहरुको छ । दाङ जिल्लाका लागि बजेटमा सहि ढंगले समेटन नसेको र बजेट पनि पुरानै शैलीको भएको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले संघिय सरकारले ल्याएको बजेट सनातन प्रकारको भएको बताए । सरकारले बजेटको शैली परिर्वतन गर्न नसकेको मेयर पाण्डेको भनाई छ । संघियता कार्यान्वयन भएको ४ बर्ष पुरा हुदैछ, त्यो कार्यान्वयन गर्न वित्तिय संघियता र वित्तिय हस्तान्तरण आवश्य पर्छ, तर यो बजेट केन्द्रिकृत सोच र मानसिकता अनुसार ल्याइएको छ, उनले भने ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्ब अध्यक्ष विमल रिजालले नीजि क्षेत्रलाई समेटने गरि बजेट प्रस्तुत भएको बताए । साना उद्योगहरुलाई २५देखी ७५ प्रतिशत ट्याक्समा छुट दिने कुरा स्वागत योग्य भएता पनि सानालाई मात्र नभई ठुला उद्योगहरुलाई पनि दिनु पर्ने बताए । यातायाता ब्यवसायी सुरेश हमालले बजेटले यातायात क्षेत्रलाई राम्रो सँग समेट्न नसकेको बताए । यातायात क्षेत्रले पाउँनु पर्ने सहुलियताका कुरा, विमाका कुरा, औषधी उपचारको कुरालाई यो बजेटमा नसमिटिएको उनले बताए ।
तुलसीपुर अटोभिलेजका अध्यक्ष एवं मजदुर टोप बहादुर महताराले यो बजेटले मजदुरहरुलाई नसमेटेको बताए । राज्यले धेरै युवाहरुलाई स्वरोजगार बनाउने भनिएता पनि अहिले अटो ब्यवसाय गर्नेलाई सहुलियतमा ब्याज दिन सके धेरैले ब्यवसाय स्थापना हुने र धेरै रोजगार पाउँन सक्छन् । तर यो बजेटले यता नसमेटेको उनको भनाई छ । ऐन प्याब्सन दाङका अध्यक्ष विमल गौतमले शिक्षामा कुनै पनि नयाँ कुरा नआएको बताए । यो बजेटले निजी विद्यालयहरुलाई अंकुश लगाउन गरी आएको समेत उनको भनाई छ ।
उनले अहिले आएको बजेटले स्वास्थ्य शिक्षा, कृषीमा बढि केन्दित भएको बताए । तर समग्रमा यसअघिको बजेट भन्दा राम्रो आएको बताए । नेपाली कांग्रेसका दाङ जिल्ला सभापति कृर्ति बहादुर खड्काले सरकारले ल्याएको बजेटले एक/दुई वटा कुरा बाहेक धेरै कुरा समेट्न नसकेको बताए ।
अहिले कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला सबै भन्दा बढि कृषी क्षेत्रमा बजेटले फोकस गर्नु पर्ने हो रु तर त्यो नभएको बताए । त्यसैगरी अहिलेको बजेटले दाङलाई अन्याय गरेको भन्दै २०११ सालदेखी संचालनमा आएको तुलसीपुरको टरिगाउँ एयरर्पोट विस्तारको लागी बजेट नपर्नु दुर्भाग्य भएको बताए ।
रिर्पोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले सरकारले ल्याएको बजेट मिश्रित रुपमा आएको बताए । उनले अहिले आएको बजेटले संचार माध्यामलाई केही सम्बोधन गरेको जस्तो लागेको बताए । संचार माध्यमको रोयल्टी छुट दिने, अनलाईनहरुलाई विज्ञापन पाउने भनिएको कारणले केही समेटको जस्तो लागेको बताए ।