कोरोना विशेष अस्पतालमा ४२ जनाको उपचार हुदै

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १७ गते शनिवार

तुलसीपुर : दाङको तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा संक्रमितको संख्या फेरी थपिएको छ । शुक्रवार सम्म ४५ जना संक्रमित रहेको अस्पतालमा ८ जनाको डिस्चार्ज भएपछि ३७ जना रहेका थिए ।

शुक्रवार साँझ फेरी ५ जना थपिएसंगै संक्रमितको संख्या ४२ पुगेको कोरोना विशेष अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा. शर्वेस शर्माले बताए ।

शुक्रवार बंगलचुली गाउँपालिकाका ४ र बबई गाउँपालिका १ जना गरी ५ जना थपिएका हुन् । यो संगै दाङका २२ जना, रुपन्देहीका ३, कपिलबस्तुका ३, बाँकेका ५ , बर्दियाका ५ र पुर्वी रुकुमका ३ जना गरी ४२ जनाको अस्पतालमा उपचार भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार