कपिलवस्तु : भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ गैरेको बाटोमा ज्यान गएको थियो ।
अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मृतकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। बसमा सवार भएर आएका गैरेले अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए।
भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए। मृतक गैरेसहित उनीसँग सम्पर्कमा रहेका २ जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको थियो। तीन दुईजनाको रिपोर्ट अहिले सम्म नआएको बताइएको छ।