
तुलसीपुर : नेपाल आयुर्वेद औषधी व्यवसायी संघ दाङले बिहिबार सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले प्रहरी चौकी हेमन्तपुर, प्रहरी चौकी बेलझुण्डी, अस्थायी प्रहरी पोष्ट ग्वारखोलालाई मास्क, पञ्जा, स्यानिटाइजर प्रदान गरिएको हो ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश ५ अध्यक्ष देवु बस्नेत, संघका जिल्ला अध्यक्ष प्रकाश अधिकारी, सचिव हेमराज पन्त, कोषाध्यक्ष कर्ण बहादुर ओली , युवा व्यवसायी तथा समाजसेबी मनिष चौधरी, आयुर्वेद औषधी व्यवसायी नरेन्द्र केसी सहितको टोलीले वितरण गरेको हो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस