रुकुम पश्चिम घटना बिरुद्ध शान्ति समाजको प्रर्दशन

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १५ गते बिहिवार


तुलसीपुर : मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले रुकुम पश्चिम लगायत देशका विभिन्न भागमा घटेका जातीय विभेद÷हिंसाका घटना बिरुद्ध प्रर्दशन गरेको छ ।
शान्ति समाज दाङले शाखाले बिहीबार तुलसीपुरमा गरेको बिरोध सभामा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोती घटनाका सम्बन्धमा उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरे ।
५ जना होनहार नागरिकको मृत्यु भएको र १ जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै,घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न उनले सरकारसँग आग्रह गरे ।
शान्ति समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपालीले दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु बृद्धि भइरहेको बताए ।
शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धितालले रुकुम पश्चिममा घटेको उक्त घटनाका दोषीहरु माथी कारबाही र पीडितले न्याय पाउनुपर्ने माग गरे । दलित महिला अधिकारकर्मी युवा कराराले दलित भएकै कारण देशका बिभिन्न स्थानमा हत्या,बलत्कृत,अपहेलीत हुने कार्य तत्काल रोकिनुपर्ने बताईन ।

गणतान्त्रिक मुलुकमा कानूनी राज्यको उपहास झै भईरहेको समेत उनले बताईन् । कार्यक्रममा पत्रकार बालाराम खड्काले रुकुम पश्चिम घटनाका सन्दर्भमा संससमिति गठन गर्न गरि दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पिडितहरुलाई न्याय प्रदान गर्न माग गरे । शान्ति समाज दाङ शाखाका सभापति शरद रेग्मीको सभापतित्वमा भएको बिरोध सभाको सहजिकरण सचिब निर्मला डाँगी योगीले गरेकी थिईन् ।


यसैबिच, बिभिन्न १४ वटा संघ संस्था सम्मिलित दलित नागरिक समाजले चरण बद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिपीचौकमा आयोजित बिरोध सभामा दलित अगुवा देवराज बिश्वकर्मा र जोगेन्द्र बिश्वकर्माले सोती घटनाको संसदीय उच्च स्तरीय छानबिन समिति गठन गरि कारर्बाही गर्न माग गरे ।


समाजले मृतक युवाहरुको फोटो सहित आफ्ना माग राखी चोक चोकमा ब्यानर पोष्टर राखि बिरोध प्रर्दशन गर्ने,जिल्ला प्रशासन कार्यालय दाङ मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने,प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिवालय,जाजरकोट र रुकुम पश्चिमको जिल्ला प्रशासन कायाृलयमा ज्ञापन पत्र बुझाउने,शान्ति पूर्णरुपमा भौतिक दुरी कायम गर्दै मौन जुलुस,अनसन लगाएत बिरोध कार्यक्रम गर्ने कार्यक्रम बिहीबार तुलसीपुरमा घोषणा गरेको छ । यसैसन्र्दभमा बिहीबार बिरोध ¥यालि र बिरोध सभा पहिलो कार्यक्रम सम्पन्न भएको समाजका निर्मल नेपालीले जानकारी दिए ।

दलित नागरिक समाजले सबै राजनीतिक दलहरुको सहभागितामा संसदीय उच्च स्तरीय समिति गठन गर्नुपर्ने,जातिय भेदभाव र छुवाछुत गर्नेलाई संबिधान र कानूनले तोके बमोजीमको हदैसम्मको कारर्बाहीको माग गरेको छ । ज्यान मार्ने गरेको अपराधिक घटना घटाउने ब्यक्तिहरुलाई आजीवन कारावासको सजाय लगाएत ६ वटा माग अघि सारेको छ ।

https://www.youtube.com/watch?v=rIIc2dmLryY

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार