तुलसीपुर : पिडित सेवा संघ दाङले कैदीबन्दीका बालबालीकालाई खाद्यन सामाग्री सहयोग गरेको छ । संघले बुधवार तुलसीपुर उपमहानगरपालीका १० र ११ का ५ घर परिवारलाई खाद्यन तथा नगद सहयोग गरेको संघका जिल्ला संयोजक टोप बहादुर महतराले बताए ।
बेलटाकुरामा कैन्दीबन्दीका बालबालीका रहेका १ घर परिवार , मल्यडाडाका २ घरपरिवार र गौरीगाउँका २ घरपरिवालाई घर मै गई राहत वितरण गरिएको उनले बताए ।
त्यसैगरी १ जना बालबालिकका भएको परिवारमा ३ हजार , २ जना भएकोमा ५५ सय र३ जना भएको परिवारमा ८ हजारका दरले नगद तथा चामल, तेल ,नुन , लगाएतका खाद्यन सहयोग गरिएको उनले बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस