दाङमा अन्य पसल पनि आलोपालो खुल्ने

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १४ गते बुधवार


शरद रेग्मी
दाङ १४ जेठ :
लगातार दुइमहिनादेखिको लकडाउनका कारण बन्द भएका तुलसीपुर क्षेत्रका अन्य केहि पसलहरु पनि खुल्ने भएका छन् ।
तुलसीपुर उद्योग वाणिज्यसंघको बुधवार बसेको बैठकले सातामा दुई दिन फेन्सी, कस्मेटिक्स, प्लाष्टिक तथा भाडा पसल, जुत्ताचप्पल तथा कपडा पसल समेत खोल्ने निर्णय गरेको छ ।

हरेक साता आइतवार र विहिवार यी पशलहरु खुल्ने छन् । अन्य पसलहरु खुल्ने दिन दैनिक उपभोग्य सामाग्रीका खाद्यान्न र किराना पसल भने बन्द रहने पनि उद्योग वाणिज्य संघले निर्णय गरेको हो । संघका अध्यक्ष वीर वहादुर रावत(विरु)को अध्यक्षतामा बसेको बैठकले हार्डवेयर पसल खोल्ने सम्बन्धमा भने यस अघिकै निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो ।

हार्डवेयर व्यवसायीहरुले पसल नखोलेरै गोदामबाट आवश्यक निर्माण सामाग्रीहरु यस अघि जिल्ला प्रशासन कार्यालयले तोकेको दिन र समयमा विक्रि वितरण गर्न सक्ने छन् ।
लामो समयसम्मको लकडाउनका कारण अन्य व्यवसायीहरु समेत आर्थिक मारमा परेको व्यापक गुनासो पछि उद्योग वाणिज्यसंघले स्थानिय पालिका, स्थानिय ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसंगको समेत समन्वयमा अन्य पशलहरु पनि खोल्ने निर्णय गरेको हो ।

यसका लागी उद्योग वाणिज्य महासंघसंग समेत परामर्श लिइएको संघले जनाएको छ । लकडाउनलाइ पालनागर्दै सामाजिक दुरी कायम राखी तोकिएको वारमा पशलहरु आलोपालो खोल्ने निर्णय भएको अध्यक्ष रावतले बताए । व्यवसायीहरुले ग्रहकहरुसंग कारोवारगर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नुपर्ने पनि उद्योग वाणिज्य संघले जनाएको छ ।

‘सामाजिक दुरी कायम गरेनगरेको सन्दर्भमा उद्योग वाणिज्य संघले नियमित अनुगमन गर्ने छ, यसकालागी सचेत हुन आम उद्योगी व्यवसायीहरुलाइ हार्दिकतापुर्वक अनुरोध गर्दछौ’,बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ । त्यसैगरी दाङ उद्योग वाणिज्य संंघले पनि स्थानिय प्रहरी र जिल्ला प्रशासन कार्यालयसंग दैनिक अत्वावस्यक उपभोग्य सामाग्रिहरुका पसलहरु वाहेक अन्य पशलहरु समेत आलोपालो संचालन गर्ने सन्दर्भमा छलफल सुरु गरेको दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण भुषालले बताएका छन् ।

लमही उद्योग वाणिज्य संघले पनि जिल्ला उद्योग वाणिज्यसंघ, तुलसीपुर उद्योग वाणिज्य संघ संगकै सहकार्य र स्थानिय पालिका र प्रशासनसंगको समन्वयमा आइतवार र विहिवार अन्य पसलहरु समेत सन्चालन गर्ने तयारी गरेको संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यो विषयमा तीन वटै उद्योग वाणिज्यसंघहरुसंग समन्वय भैरहेको बताउंदै बुधवार साँझ सम्म निर्णय लिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार