क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १४ गते बुधवार

 कञ्चनपुर  ः क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ। राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन गरि रहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो।  ‘मंगलवार दिनभर क्वारेन्टाइन व्यवस्थापनमा संगै थियौं।

राना साँझ पख घरमा पुगि नुहाई राना खाना खाएर हाप पाइन्ट र कमिज लगाई  क्वारेन्टिन पुगेका थिए। नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो’ नगर प्रमुख कर्ण बहादुर हमालले भने, ‘राति व्यवस्थापन बारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उनको एक्कासी मृत्यु भएको छ।’ वडा अध्यक्ष रानामा कुनै पनि रोगको लक्षणहरु यस अघि नदेखिए थिएनन् ।

उनी तन्दुरुस्त थिए। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने उनले बताए। मृत्यु भएका रानाको शव परिक्षणका लागि रातिनै सेती प्रादेशिक अस्पताल धनगढीमा पुरयाईएको छ। अस्पतालमा मृतक रानाको शव परिक्षण पश्चात स्वावको नमूना संकलन गरी परिक्षण गरिने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार