कोरोना विशेष अस्पतालमा २७ जना , क्वारेन्टाइनमा ३ हजार बढि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १३ गते मङ्गलवार


तुलसीपुर, दाङको तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित विरामीहरु बढ्दै गएका छन् । मंगलवार बर्दियाबाट ३ जना र अर्घाखाँचीबाट २ जना आएपछि अस्पतालमा संक्रमितको संख्या २७ पुगेको अस्पतालका प्रमुख डा. सर्बेश शर्माले बताए ।

अहिले अस्पतालमा दाङका ३ जना , बाँकेका, ८ जना, बर्दियाका ५ जना, कपिलवस्तुका , ६ जना , रुपन्देहीका ३ जना र अर्घाखाँचीका २ जना कोरोना संक्रमित विरामीको उपचार हुदँैछ । ती सबैको अवस्था सामान्य रहेका अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी दाङमा आजसम्म ३ हजार २०८ जना ब्यक्तिहरु क्वारेन्टाइनमा रहेको जिल्लाका कोभिड १९ फोकल पर्सन कमल चन्द्रले बताए । जिल्लामा ५ हजार ५०१ बेडको क्वारेन्टाइन स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार