अर्घाखाँचीका दुई संक्रमितलाई उपचारका लागि दाङ लैजाने तयारी

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १३ गते मङ्गलवार

अर्घाखाँची : अर्घाखाँचीका दुई कोरोना संक्रमितलाई उपचारका लागि दाङ पठाइने भएको छ।  दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए।

दाङको कोरोना अस्पतालमा बिरामीको चाप कम भएकाले त्यहाँ पठाउन लागिएको खनालको भनाइ छ। बिरामीलाई लैजान रेडक्रसको एम्बुलेन्समा तयारी गरिएको छ।

एम्बुलेन्समा चालक र दुई संक्रमित मात्र हुने जनाइएको छ। अर्घाखाँचीमा सोमबार पाणिनी–८ मा रहेको कमला मावि क्वारेन्टाइनमा बसेका १९ र ४३ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको थियो। कुनै लक्षण नदेखिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार