सुर्खेतमा थपिए १२ जना कोरोना संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १३ गते मङ्गलवार

सुर्खेत : सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

आज थपिएका संक्रमित मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो ।

पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार