भारतमा १ लाख ४४ हजारभन्दा बढी कोरोना भाइरसको संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १३ गते मङ्गलवार

काठमाडौं, १३ जेठ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार १७२ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ४४ हजार ९५० पुगेकाे छ ।

त्यहाँ साेमबार एकैदिनमा ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका छन् भने १४८ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । संक्रमितमध्ये ६० हजार ७०६ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८० हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । तीमध्ये ८ हजार ९४४ काे अवस्था गम्भीर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार