घोराही ९ को गुरैयाँ टोललाई सिल

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १२ गते सोमवार

दाङ : गत जेठ ४ गते दाङ घोराही ९ भगुवार गाउँका एक युवकलाई कोठमाडौँमा स्वाब परिक्षण गर्दा कोरोनो पुष्टि भएपछि भगुवारको गुरैयाँ टोललाई शिल गरिएको छ । काठमाडौ स्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका ति युवकलाई दाङमै संक्रमण भएको आशंकामा उनको घर भएको टोल शिल गरिएको हो ।

गत चैत्र १० हजुरआमाको शुद्धशान्तिका लागि घर आएका आएका उनी बैशाख ३१ गते काठमाडौ फर्किएका थिए । काममा जाने क्रममा अपार्टमेन्टले जेठ ४ गते उनको स्वास्थ्य जाँच गराएपछि उनमा कोरोना पुष्टि भएको वडा अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए ।

उनी फुपुको छोराले चलाउने एम्बुलेन्समा काठमाण्डौ गएका थिए । उनीसंगै काठमाण्डौ गएका एम्बुलेन्स चालक, एक महिला र बच्चामा संक्रमण नदेखिएपछि दाङमै संक्रमण भएको हुन सक्ने उनले बताए ।
यद्यपी ति व्यक्तिलाई कसरी र कहाँबाट संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । १७ घरधुरी रहेको गुरैयाँ टोलका नागरिकहरुलाई अहिले बाहिर निस्कन र बाहिरबाट गाउँ प्रबेशमा रोक लगाईएको वडा अध्यक्ष बस्नेतले बताए । अहिले उनले भेटेका व्यक्ति र गएका ठाउँका नागरिकहरु त्रसित भएका छन् । उनलाई टेकु अस्पतालको आइसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार