दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले दाङ, बाँके र बर्दियाबाट आएका २२९ स्वाब परिक्षण गर्दा बाँके र बर्दियामा गरी थप ५ जनामा कोरोना पुष्टि भएको आइतबार विज्ञप्ती मार्फत जानकारी गराएको थियो ।
नयाँ कोरोना संक्रमित बाँके राप्ती सोनारी गाउँपालिका ५ का ४ जना र बर्दिया बासगढी ९ का १ जना पुरुष कोरोना पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देबद्धारा विज्ञप्तीमा उल्लेख छ ।
तर फेरी प्रतिष्ठानले अर्काे विज्ञप्ती जारी गर्दै कोरोना पुष्टि हुनेहरु बाँके राप्ती सोनारी ५ का नभई वडा नं. ७ का २ जना १६ र २३ बर्षीय पुरुष र बाँकेकै डुडुवा गाउँपालिको २ का २३ र २४ बर्षीय पुरुषहरु भएको प्रतिष्ठानले जनाएको छ । त्यसै बर्दिया बासगढी ९ का २५ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।