बाँकेका ४ र बर्दियाका १ जना पुरुषमा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ११ गते आइतवार


दाङ , बाँके र बर्दियाका गरी थप ५ जना नयाँ संक्रमित पुष्टि भएका छन् । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधीबाट परिक्षण गर्दा बाँके राप्ती सोनारी गाउंपालिका ५ का ४ जना १६,२३,२३ र २४ बर्षीय पुरुष र बर्दिया बासगढी ९ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

दाङ, बाँके र बर्दियाबाट नमुना परिक्षणको लागी आएको २२९ स्वाब मध्य २२४ जनाको नेगटिभ र ५ जनामा कोरोना पुष्टि भएको समेत उनले बताए ।

त्यसैगरी अहिले सम्म दाङ लगाएत अन्य जिल्लाबाट प्रतिष्ठानमा १६४४ स्वाब संकलन भई आएको मध्य १३७८ जनाको परिक्षण गर्दा ३६ जनामा पोजेटिभ र १३४२ जनामा नेगटिभ आएको प्रतिष्ठानले जनाएको छ । अब २६६ जनाको परिक्षण प्रक्रियामा रहेको समेत प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार