दाङमा रोकिराखेको स्काभेटरमा आगजनी

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ११ गते आइतवार

तुलसीपुर : दाङमा रोकिराखेको स्काभेटरमा आगजनी भएको छ। तुलसीपुरको ग्वारखोलाबाट नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएको एकाभेटरमा आगजनी भएको प्रहरीले जनाएको छ। शनिबार राति १२ बजेतिर ग्वारखोलाको माथिल्लो हलवार क्षेत्रमा राखिएको ‘अनटेष्ट’ स्काभेटरमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसीपरका प्रबक्ता एंव ईस्पेक्टर चक्र डमरपालले बताए।

उपमहानगरपालिकाले उत्खनन खुल्ला गरेपछि टेण्डरबाट ठेक्का पाएको दुर्गा कन्ट्रक्सनको स्काभेटर रहेको प्रहरीले जनाएको छ। आगजनी कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार