घोराही ११ जेठ : घोराहीमा रहेको एक कृत्रिम तालमा डुवेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं। १७ को गुलरियामा रहेको कृत्रिम तालमा डुवेर रोल्पा निवासी एक युवाको मृत्यु भएको हो ।
मृत्यु हुने युवक घोराहीमा बस्ने रोल्पा रुम्टीगढी गाउँपालिका–९ रुम्टी निवासी २२ बर्षीय बिजय केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घट्नास्थलमा प्रहरी पुगेर कृत्रिम तालमा डुवेका युवकको शव प्रहरीले तालबाट निकालेको छ ।
घुम्न गएका युवा चिप्लिएर तालमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त तालमा यसअघि पनि एक युवाको डुवेर मृत्यु भएको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस