
दाङ : देउखुरीमा सर्प दंशबाट एक बालिकाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ वर्षीया छोरी रेश्मा कुमालको मृत्यु भएको हो । शनिबार अपराह्न चार बजे आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो ।
सर्पले डसेको थाह पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउने तर्फ लागे तर धामीझाँक्री आउँदासम्म उनको मृत्यु भइसकेको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस