कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमित संख्या १८

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १० गते शनिवार


तुलसीपुर : दाङको तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितहरुको सख्या बढी रहेको छ । अहिले अस्पतालमा ४ जिल्लाका १८ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

शनिवार मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको ल्यावमा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएका बढैयाताल बर्दियाक १९ बर्षिय सक्रमित पुरुषलाई उपचारका लागि कोरोना विशेष अस्पतालमा लागि ल्याइएको अस्पतालका प्रमुख सर्बेश शर्माले बताए ।

अस्पतालमा कपिलबस्तुका ६ जना, बाँके नरैनापुरका ८ जना, दाङका ३ जनाको उपचार भइरहेको छ । शनिवार बर्दियाका एक जना आए पछि विरामी सख्या १८ पुगेको हो । उनले सबै सक्रमितहरुको अबस्था सामान्य रहेको जानकारी दिए । बेलझुण्डी कोरोना अस्पताल १ सय आइसोलेशन बेडको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार