
दाङ,१० जेठ : नेपाल प्रेस युनियन दाङलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीको पहलमा पत्रकारहरुलाई आवश्यक पर्ने मास्क,सेनेटाइजर र ग्लोव्स सहयोग गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको समयमा अग्रभागमा रहेर रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरुलाई स्वस्थ रहन सहयोग पु¥याउने उद्देश्यले मास्क,सेनेटाइजर र ग्लोवस सहयोग गरेको प्रेस युनियनका केन्द्रीय सदस्य केसीले जानकारी दिए । त्यस अवसरमा १ हजार पिस ग्लोव्स,५० पिस मास्क र ५० पिस सेनेटाइजर हस्तान्तरण गरिएको थियो ।
नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघक केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा बोल्ने बक्ताहरुले कोरोना भाइरसबाट बच्नका लागि नियमित मास्कको प्रयोगसँगै सावुनपानीले समय–समयमा हात धुने बानी बसाल्नु पर्ने बताएका थिए ।
त्यस्तै उनीहरुले सचेत नागरिकले सडकमा मास्क प्रयोग नगरेर हिड्ने हरेक नागरिकलाई मास्क प्रयोग गर्नुपर्ने, नियमित रुपमा साबुन पानीले हात धुने र सामाजिक दुरी काम गरेर भेटघाटसँगै काम गर्न सचेत गराउनुपर्ने बताए हुन ।
सहयोग प्राप्त भएका मास्क,सेनेटाइजर र पन्जा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत फिल्डमा खटेर काम गर्ने सञ्चारकर्मीहरुलाई प्रदान गरिने प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।