शान्तिनगर १ बाट करिव ५० क्यू फिट सालको काठ सहित एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ९ गते शुक्रवार

दाङ : वनकोगस्ती टोलिले पश्चिम दाङबाट सालको अवैध ४१ थान काठ सहित एक जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय दाङ र दंगीशरण सव डिभिजन वन कार्यालयबाट गएको संयुक्त वनगस्तीले विभिन्न नाप साईजको सालको चिरान काठ ४१ थान सहित सो घटनामा सलग्न रहेको आंशन्कामा शान्तिगर गाउँपालिका १ बाट सोही ठाउँका ६० वर्षका दिल बहादुर थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले बताए । बरामद गरिएको काठ र पक्राउ गरिएका थापालाई डिभिजन वन कार्यालय दाङमा ल्याईएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दङिशरण सब डिभिजन बन कार्यालयका प्रमुख सहायक बन अधिकृत दयाराम पौडेलले जानकारी दिए । बराबर गरिएको काठ करिव ५० क्यू फिट छ ।

त्यस कार्यमा सम्बन्धित सुन्दर सामुदायिक वन उपभोक्ता समूहका कार्य समिति सँग पनि आवश्य जाँचबुझ भईरहेकोले सत्य तथ्य पत्ता लगाई नियमानुसार कार्बा्हि गरिने डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए । लकडाउनको दुई महिनाको अबधिमा विभिन्न एक दर्जन घटनामा सयौ क्यू फिट काठ बरामद गरिएको छ ।

काठ तस्करी र बन्यजन्तु चोरी सिकारी सम्लग्न रहेको अभियोगमा दुई दर्जन बढिलाई कारबाहीको प्रक्रियामा रहेको डिभिजन बन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार