घोराहीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ८ गते बिहिवार


दाङ : दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठान, घोराही उपमहानगर, तुलसीपुर उपमहानर, लमही नगरपालिका , रोल्पा र सल्यान जिल्लाबाट आएको ६९ जनाको स्वाब पिसीआर विधीबाट परिक्षण गर्दा ६८ जनाको रिर्पाेट नेगटिभ र १ जनाको रिर्पाेट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

पोजेटिभ आउनेमा घोराही उपमहानगरपालिका ३ निवासी ३७ बर्षीय पुरुषमा विहीबार कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए । ति ब्यक्तिलाई जिल्ला स्वास्थ्य कार्यालय दाङ र घोराही उपमहानगरपालिकाको निगरानीमा राखिएको छ । उनी जेठ ५ गते भारतबाट आएका थिए ।

उनीसहित आएका ५ जनामा मध्य उनलाई कोरोना पोजेटिभ देखिएको हो । यो सहित दाङमा ३ जनामा कोरोना संक्रमण देखिएको छ, भने २ जना जिल्ला बाहिर रहेको दाङका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी अहिले सम्म प्रतिष्ठानमा १०५४ स्वाब संकलन भएको मध्य ७६४ जनाको परिक्षण हुदाँ ७६१ जनाको रिर्पाेट नेगेटिभ आएको छ भने, ३ जनाको रिर्पाेट पोजेटिभ आएको हो । अब २९० जनाको स्वाब परिक्षणका लागी प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार