दाङ : डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका १ हेक्राम ठाटीकोटबाट ५२ थान सालको अवैध चिरान काठ बरामद गरेको छ । डिभिजन वन कार्यालय दाङ र सुनपुर सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले स्थानीय यमबहादुर बिष्टको घरबाट केहि दिन अघी चिरान गरी राखेको ५२ थान सालको करिब ५० क्यु फिट काठ बरामद गरेको सुनपुर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत विष्णु लामिछानेले जानकारी दिए ।
\ हेक्राम ठाटीकोट गाउँमा लकडाउनका बेला अवैध ढंगल रुख काटेर काठ तस्करी हुने गरेको सूचना पाएपछि गएको वन गस्ती टोलीले बिष्टको घरमा काठ राखेको अवस्थामा फेला पारेको थियो ।
लकडाउनमा काठ तस्किरी गर्ने उदेश्यले काटिएको हुन सक्ने आशंका गरिएको उनले बताए । घटनामा संलग्नहरुको खोजी कार्य तिव्र पारिएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताए ।