प्रतिष्ठानले विहीवारदेखी आकस्मिक तथा बहिरगं सेवा दिने

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ७ गते बुधवार

घोराही : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारदेख आकस्मिक तथा बहिरगं सेवा दिने भएको छ । मंगलवार प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसका विरामीहरु भर्ना गर्ने भएकाले ति सेवा बन्द गर्ने भनेर जारी गराएपछि सर्बत्र रुपमा विरोध भएको थियो । त्यसैगरी प्रतिष्ठानले आज विज्ञप्ती जारी गर्दै भोलीदेखी सेवा सुचारु गर्ने जनाएको छ ।

त्यसैगरी प्रतिष्ठानमा कोरोना संक्रमति विरामीहरु भर्ना गर्नु पर्ने अवस्था आए ति सेवाहरु बन्द गर्ने बाध्य हुने समेत प्रतिष्ठानका कायम मुकाय रजिष्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए ।

त्यसैगरी कोरोनाको यस महामारी अवस्थामा प्रतिष्ठानको बाध्यतालाई बुझी आ–आफ्नो स्थानबाट प्रतिष्ठानलाई सहयोग गरिदिन समेत आग्रह गरेको छ । कोरोनाको महामारी तथा विरामीको चापलाई मध्यनजरी गरी प्रतिष्ठानले क्रमिकरुपमा आफ्ना सेवा विस्तार गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार