आइसोलेसनमा मृत्यु भएका रोल्पाका युवाको रिपोर्ट नेगेटिभ

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार


दाङ : रोल्पामा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा सोमवार बेलुकी मृत्यु भएका रोल्पाका युवाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मंगलवार गरिएको पिसिआर परीक्षणमा रोल्पाका युवा सहित प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पातल , स्वास्थ्य कार्यालय दाङ, लगाएत दाङका स्थानियतहका क्वारेन्टाईनबाट संकलण गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परिक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए ।

हाल सम्म प्रतिष्ठानमा ७१७ नमुना संकलन गरिएको , ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ । ती मध्य ६८३ रिपोर्ट नेगेटिभ आएको र २ जनाको पोजेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ । मंगलवार प्रतिष्ठानमा ३२ वटा स्वाब परिक्षण प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार