
बुटवल : सोमबार (आज) पुष्टि भएका गुल्मीका कोरोना संक्रमितले उपचार गराएको रुपन्देहीको बुटवलस्थित अस्पताल सिल गरिएको छ। बुटवलको क्रिमसन अस्पतालको आइसियूमा ती संक्रमित उपचाररत रहेको खुलेको छ। उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको थियो। शिक्षण पेसा आबद्ध उनमा उनी सुरुदेखि नै जण्डिस तथा निमोनियाका बिरामी रहेको बताइएको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस