भारतमा ९५ हजारमा कोरोना भाइरसको संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ५ गते सोमवार

Blood sample with coronavirus positive

काठमाडौं,५ जेठ : भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म कायमै राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार