प्रतिष्ठानमा आइतवार सम्म ५८१ जनाको स्वाब परिक्षण गर्दा ५७९ नेगेटिभ, २ पोजेटिभ

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ४ गते आइतवार

घोराही ,४ जेठ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल सम्म ५८१ जनाको स्वाब परिक्षण भएको छ । हाल सम्म जिल्लाका विभिन्न स्थानियतहका क्वारेन्टाइनबाट, कोरोना विशेष अस्पताल बेलझुण्डीको तथा अन्य जिल्लाबाट कोरोना भाइरस संक्रमणको आशंकामा ५८७ जनाको स्वाब संकलन भई प्रतिष्ठानमा आएको प्रतिष्ठानका कायम मुकाय रजिष्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए ।

प्रतिष्ठानमा आएको ति स्वाब मध्य ५८१ परिक्षण गरिएकोमा ५७९ जनाको रिर्पाेट नेगेटिभ आएको र २ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरु दाङको गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का ब्यक्ति हुन् । उनीहरुको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भईरहेको छ ।

आइतबारमात्रै जिल्लाको तुलसीपुर, घोराही र सल्यानबाट स्वाब कोरोना जाँचका लागि आएको ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ६ जनाको स्वाबको पिसीआर विधिबाट जाँच भईरहेको उनले बताए । त्यसैगरी दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा १६ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा बाँकेका ८,कपिलवस्तुका ६ र दाङका २ जना गरि १६ जनाको उपचार भइरहेको अस्पतालका प्रमुख डा. सर्बेश शर्माले बताए । उनीहरुको प्रत्येक दुई र दुई घण्टामा स्वास्थ्य परीक्षण गर्ने गरिएको समेत उहाँले बताए ।
उनीहरुको संक्रमण पोजेटिभ देखिएको भएपनि लक्षण भने नदेखिएको र अबस्था समेत सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार