दाङ, दाङका १० स्थानियतहले न्यूनतम २ सय बेडको क्वारेन्टाईन बनाउने भएका छन् । दाङका १० वटै स्थानियतहका प्रमुखहरुसंग शनिबार कोरोना संकट ब्यबस्थापन केन्द्र (सिसिमसी)को बैठकले भारतबाट घर फर्किने नेपालीहरुको संख्या बढ्ने थालेपछि क्वारेन्टाईनको बेड संख्या बढाउने निर्णय गरेको हो ।
सिमापारीबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने र सबैको पिसिआर परिक्षण पछि मात्र घर पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । दाङमा हाल ३३८ बेडको क्वारेन्टाईन सञ्चालनमा छन् । शनिवार दिउँसो सम्म १८० जना ब्यक्तिहरु विभिन्न ठाउँको क्वारेन्टाईनमा बसेका छन् । दाङमा भारतबाट करिब ६ हजार ब्यक्तिहरु आउन आकलन गरिएको छ ।