दाङको कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३ गते शनिवार

दाङ, ३ जेठ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा १३ जना कोरोना संक्रमितहरु उपचारको लागी ल्याईएको छ । शुक्रवार दाङमा कोरोना संक्रमति पुष्टि भएका २ जना पुरुष र बाँके नरैनापुरका ८ जना पुरुष र कपिलबस्तुका ३ जना कोरोना संक्रमित पुरुषहरु अस्पतालमा ल्याईएको अस्पतालका सदस्य सचिब डा. सर्बेश शर्माले बताए ।

शुक्रवार राती करिब १२ बजेतिर गढवाका २ जना र कपिलबस्तुका ३ जनालाई अस्पतालमा ल्याएको अस्पतालका उनले बताए । गढवा गाउँपालिका वडा नं. ४ र ५ का ३६ र २३ वर्षका व्यक्तिमा संक्रमण देखिएको हो ।

उनीहरु भारतको गोरखपुर र मुम्बईबाट फर्किएका व्यक्ति हुन् । कृष्णनगरबाट एउटा संस्थाको एम्बुलेन्सबाट गढवा ल्याइएको र गढवाबाट स्वाब संकलनका लागी फेरि अर्काे एम्बुलेन्सबाट लमही क्वारेन्टाइनमा लगिएको पाइएको छ ।

दुवै एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा राखिएको र शनिबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाईने गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । त्यसैगरी शुक्रवार करिब ७ बजे बाँकेका ८ जना पुरुषलाई अस्पातलमा ल्याईएको थियो ।

‘उहाँहरुले स्वास्थ्य अवस्था सामान्य छ,’उनले भने,‘ उहाँहरुको स्वास्थ्य अवस्था चेकजाँच हुन्छ, त्यसै अनुसार उपचार गर्ने छौँ । ’ अस्पातलमा ७ वटा आईसियु र ३ वटा भेन्टीलेटर सहित एक सय बेड रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार