तुलसीपुर, २ जेठ : तुलसीपुर सहित दाङमा ३ जनामा कोरोना पुष्टि भएको छ । तुलसीपुर – ७ , मा ३४ बर्षका र गढवा गाउँपालिका ४ र ५ मा २३ र २७ बर्षका युवकमा कोरोना सक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ जना पुगेको छ । शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको हो ।
त्यसैगरी पर्साका ९ वर्षीय , विरगञ्जका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला , उदयपुर त्रियुगा न पा निवासी २५ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ । त्यसैगरी काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार निजको स्वास्थ्य स्थिति सामान्य रहेको र स्वस्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।